२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांगेसमा कोइराला परिवार हावी हुँदै ! यस्तो रहेछ भित्री कुरा !



अ+ अ-

काठमाडौँ । ‘सुजाता र सशांकले साथ दिएको देखिएन । रामचन्द्र र शेरबहादुरले पनि सभापतिमा उठोस् भन्ने चाहेका छैनन् । सशांकले कुन पदमा उठ्ने भनेर शेरबहादुरसँग बार्गेनिङगरेजस्तो छ । यस्तो स्थितिमा तपाई उठ्छु, जित्छु भन्दै हुनुहुन्छ । कुरा कलिक मिल्दो भएन । कम्तिमा सशांक त तपाईसँग हुनुपर्यो नि !’ अघिल्लो शुक्रबार कञ्चनपुरस्थित पुराना नेता हिमराज तातेडको घरमा पुगेका शेखर कोइरालालाई कार्यकर्ताले यिनै प्रश्न सोधेर दिक्क लगाएपछि उनले मुख खोले, ‘कोही उठ्, उठेन, कसैले साथ दियो, दिएन भनेर हेर्दिन । तर, आउँदो महाधिवेशनमा म नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हुँ ।’ यो समाचार जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

त्यसो त, यसअघि केन्द्रीय सदस्यमा उठ्दा सबभन्दा बढी मत ल्याउने उनै थिए । दोस्रो बढी मत खुमबहादुर खड्का र त्यसपछि विश्वप्रकाश शर्माहरुले ल्याए । शेखरको विश्लेषण थियो, ‘रामचन्द्रले शेरबहादुरलाई सक्दैनन् । तर, ‘रामचन्द्र जसरी शेरबहादुरले आफूलाई माइनस गरेका थिए, त्यसको बदला लिन चाहन्छन् । अहिलेसम्म उनले आफूलाई सेन्टरमा राखेर हेरिरेहका छन् । तर, रामचन्द्रबाट पार लाग्ने अवस्था छैन ।’

एकजना फोरमवालाले सोधे, संशाकको कुरा के हो ? शेखरले भने, तिमीले उसलाई नचिनेको हो र ? सशांक शेरबहादुरको बुई चढेर पार्टीको पोजिसनमा बसिरहने सोचाइमा छ । तर, त्यहाँबाट एकदिन फर्किन्छ ।’ उता, सुजतालाई क्यान्सरको कारण डाक्टरले घरबाट एक रात पनि कतै नजानु भनेका छन् । केही समयअघि कोइरालाका सन्तान एक ठाउँमा देखाउन उनले खानपिन आयोजना गरेका प्रचार भए पनि रोगले च्याप्दै जाँदा निकटस्थसँग बसेर खाने इच्छा मात्र राखेकी थिइन् । त्यसमा पनि राजनति भयो, कोइराला सन्तानको नाममा ।