६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बदलीः हल्का वर्षा हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ ।


पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो ।


राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम तापक्रम नघटेको मौसामविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने छ । “माघ महीना भर्खर शुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ ”, उहाँले भन्नुभयो ।


देशको मध्य तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । राति देशभरि नै बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


शुक्रबार देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तेै शनिबार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।