६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जु दर्शनाको बिषयमा भ्रमक समाचार लेख्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बिहिबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले गोरखाको गण्डकी गाउँपालिका–३ निवासी क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको हो ।

अधिकारी सम्पादक रहेको क्यापिटल हेडलाइन,मुक्ति खबर र नेपाल टक डटकम सहितका केही अनलाइनले नेतृ रञ्जुमाथि कार्यालयमै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको झुटो समाचार प्रकाशित गरेका थिए ।

आफ्नो चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित भएपछि रञ्जुले विभिन्न पाँचवटा अनलाइनविरुद्ध साइबर क्राइम अन्तरगत महाशाखामा उजुरी दिएकी थिइन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार यअसघि मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरिसकेको छ ।