५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको निर्देशन मान्दैनन् यातायात मन्त्रीले



अ+ अ-

काठमाडौं । मोबाइल एप्लिकेसन (एप्स)मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रधुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशन दिएका थिए । तर, विभागले प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन ।

‘निजी सवारीसाधन भाडामा चलाउनु गैरकानुनी’
सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएको निजी सवारीसाधन भाडामा चलाउन नपाउने व्यवस्था छ । त्यसो हुँदा उक्त ऐन संशोधन नभएसम्म प्रधानमन्त्रीकै निर्देशन भए पनि निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन भाडामा चलाउनु गैरकानुनी हुने यातायात व्यवस्था विभागको भनाइ छ । विभागका प्रवक्ता उपाध्यायले कानुन संशोधन नभएसम्म निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनलाई भाडामा चलाउन दिनु गैरकानुनी रहेको बताए ।

यातायात विभाग भन्छ– कुनै निर्णय भएको छैन
यातायात व्यवस्था विभागले माथिल्लो निकायबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा टुटल र पठाओ एप्स प्रयोग गरी भाडामा सञ्चालित मोटरसाइकल र स्कुटर निर्वाध चल्न दिने कुनै निर्णय नभएको जनाएको छ । विभागका अनुसार उजुरी परेमा प्रहरीले कुनै पनि वेला त्यस्ता मोटरसाइकल फेरि पनि नियन्त्रणमा पर्ने स्पष्ट पारेको छ । ‘माथिबाट कुनै लिखित निर्देशन आएको छैन । विभागले पनि त्यस्ता मोटरसाइकल र स्कुटर चल्न दिने सम्बन्धमा नयाँ निर्णय गरेको छैन । न त कुनै निर्देशन नै दिएको छ । त्यसैले उजुरीमा परेमा ती सवारीसाधन नियन्त्रणमा पर्न सक्छन्,’ उनले भने ।

महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाले पनि टुटल र पठाओ एप्समार्फत चलेका भाडाका मोटरसाइकललाई निर्वाध चल्न दिने आशयको कुनै लिखित निर्देशन प्राप्त नभएको जनाएको छ । ‘प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय हो ।

१५ हजार स्कुटर र मोटरसाइकल सञ्चालनमा
उपत्यकाभित्र ‘टुटल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन्  । टुटलले यो सेवा दुई वर्षअघिदेखि सञ्चालन गरिरहेको छ । यही सेवा सञ्चालनका लागि मात्रै टुटलले करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । त्यस्तै, ‘पठाओ’ एप्सको ‘सब्सक्राइबर’ १० हजार छन । यो एप्स प्रयोग गरी ६ हजार मोटरसाइकल र स्कुटर भाडामा चलेका छन् । ‘पठाओ’ एप्सबाट भने यस्ता मोटरसाइकल सञ्चालन भएको ६ महिना मात्रै भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।