१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

प्रधानमन्त्रीको निर्देशन मान्दैनन् यातायात मन्त्रीले

प्रधानमन्त्रीको निर्देशन मान्दैनन् यातायात मन्त्रीले
अ अ+ अ-

काठमाडौं । मोबाइल एप्लिकेसन (एप्स)मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रधुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशन दिएका थिए । तर, विभागले प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन ।

‘निजी सवारीसाधन भाडामा चलाउनु गैरकानुनी’
सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएको निजी सवारीसाधन भाडामा चलाउन नपाउने व्यवस्था छ । त्यसो हुँदा उक्त ऐन संशोधन नभएसम्म प्रधानमन्त्रीकै निर्देशन भए पनि निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन भाडामा चलाउनु गैरकानुनी हुने यातायात व्यवस्था विभागको भनाइ छ । विभागका प्रवक्ता उपाध्यायले कानुन संशोधन नभएसम्म निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनलाई भाडामा चलाउन दिनु गैरकानुनी रहेको बताए ।

यातायात विभाग भन्छ– कुनै निर्णय भएको छैन
यातायात व्यवस्था विभागले माथिल्लो निकायबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा टुटल र पठाओ एप्स प्रयोग गरी भाडामा सञ्चालित मोटरसाइकल र स्कुटर निर्वाध चल्न दिने कुनै निर्णय नभएको जनाएको छ । विभागका अनुसार उजुरी परेमा प्रहरीले कुनै पनि वेला त्यस्ता मोटरसाइकल फेरि पनि नियन्त्रणमा पर्ने स्पष्ट पारेको छ । ‘माथिबाट कुनै लिखित निर्देशन आएको छैन । विभागले पनि त्यस्ता मोटरसाइकल र स्कुटर चल्न दिने सम्बन्धमा नयाँ निर्णय गरेको छैन । न त कुनै निर्देशन नै दिएको छ । त्यसैले उजुरीमा परेमा ती सवारीसाधन नियन्त्रणमा पर्न सक्छन्,’ उनले भने ।

महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाले पनि टुटल र पठाओ एप्समार्फत चलेका भाडाका मोटरसाइकललाई निर्वाध चल्न दिने आशयको कुनै लिखित निर्देशन प्राप्त नभएको जनाएको छ । ‘प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय हो ।

१५ हजार स्कुटर र मोटरसाइकल सञ्चालनमा
उपत्यकाभित्र ‘टुटल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन्  । टुटलले यो सेवा दुई वर्षअघिदेखि सञ्चालन गरिरहेको छ । यही सेवा सञ्चालनका लागि मात्रै टुटलले करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । त्यस्तै, ‘पठाओ’ एप्सको ‘सब्सक्राइबर’ १० हजार छन । यो एप्स प्रयोग गरी ६ हजार मोटरसाइकल र स्कुटर भाडामा चलेका छन् । ‘पठाओ’ एप्सबाट भने यस्ता मोटरसाइकल सञ्चालन भएको ६ महिना मात्रै भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।