२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गगनको प्रश्न : संसदीय प्रक्रियाबाट सहमति भएको कुरा हुबहु पारित किन नगर्ने ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसामू डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका छन्।

थापा : , ‘सरकार र डा.केसीबीच भएको सहमति तोडमोड गरेर समितिले प्रतिवेदन दियो ? संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित किन नगर्ने ? प्रधानमन्त्रीको वचन हो प्रधानमन्त्री व्यक्ति हो ? समितिले सहमतिलाई बदल्यो, समितिको कुरालाई सरकारले चाह्यो भने यो सदनले बदल्न सक्छ। यस्तो किन नगर्ने? विषय विधेकको होइन, संसदीय प्रक्रियाको होइन प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन संस्था हो। यहाँ चिन्ता गोविन्द केसी ढल्लान् भन्ने होइन प्रधानमन्त्री संस्थाप्रतिको विश्वास गर्ल्यामगुर्लुम ढल्ला भन्ने हो। म सोध्न चाहन्छुः यो विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने ? भन्ने प्रश्न गरेका छन् ।

थापाको प्रश्नमा जवाफमा प्रधानमन्त्री ओली : एक जना अनशन बस्दैमा देश नै बन्धक हुने भन्दै प्रतिप्रश्न गरेका छन्।
एउटा अनशनको कुरा छ अर्को संसदको सर्वोच्चताको कुरा छ। सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने संसद हो। यसको सार्वभौमिकताको प्रश्न हो। यसप्रति म संसदको सर्वोच्चता प्रति, संसदको विधि निर्माण्मा नतमस्तक छु।

अहिले १६ औं पटकको अनसन जारी छ र १५ औं पटकको सम्झौताको चर्चा छ। सम्झौता त्यसभन्दा अगाडि पनि भएका थिए।

विधि कस्तो हुनेरु एक जना अनसन बसेपछि देशै बन्धक हुनेरु तर्कले काम नगर्ने, तथ्यले काम नगर्ने, संविधानले काम नगर्ने, कानुनले काम नगर्ने, राष्ट्रिय आवश्यकताले काम नगर्ने, आवश्यकताका औचित्यका मार्गहरु अवरुद्ध हुने र व्यक्तिको अनसन सर्वोपरि हुने लोकतन्त्रमा हुन्छ रु यसमा सबैले विचार गर्नुपर्ने कुरा छ।

जहाँसम्म सरकारले गरेको सम्झौताको कुरा छ। त्यसभित्र दुइ पक्ष छन्। सम्झौता सत्य निरुपण होइन। सम्झौता एउटा सम्झौता हो। सम्झौता तत्कालीन परिस्थितिको उपज हो र त्यस परिस्थितिले निर्माण गरेको तत्कालीन आवश्यकता हो। त्यस परिस्थितिमा जसरी हुन्छ सरकारले सम्झौता गर्यो। त्यसैअनुसार सरकारले संसदमा ऐन बनाउन विधेयक प्रस्तुत गरेको छ। भन्ने उत्तर दिएका थिए ।

१६ औँ पटकको अनसन बसेका डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई त्रिबि ल्याईएको थियो ।
डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको थियो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका थिए ।