७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

सांसद गगनको प्रश्न : संसदीय प्रक्रियाबाट सहमति भएको कुरा हुबहु पारित किन नगर्ने ?

सांसद गगनको प्रश्न : संसदीय प्रक्रियाबाट सहमति भएको कुरा हुबहु पारित किन नगर्ने ?
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसामू डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका छन्।

थापा : , ‘सरकार र डा.केसीबीच भएको सहमति तोडमोड गरेर समितिले प्रतिवेदन दियो ? संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित किन नगर्ने ? प्रधानमन्त्रीको वचन हो प्रधानमन्त्री व्यक्ति हो ? समितिले सहमतिलाई बदल्यो, समितिको कुरालाई सरकारले चाह्यो भने यो सदनले बदल्न सक्छ। यस्तो किन नगर्ने? विषय विधेकको होइन, संसदीय प्रक्रियाको होइन प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन संस्था हो। यहाँ चिन्ता गोविन्द केसी ढल्लान् भन्ने होइन प्रधानमन्त्री संस्थाप्रतिको विश्वास गर्ल्यामगुर्लुम ढल्ला भन्ने हो। म सोध्न चाहन्छुः यो विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने ? भन्ने प्रश्न गरेका छन् ।

थापाको प्रश्नमा जवाफमा प्रधानमन्त्री ओली : एक जना अनशन बस्दैमा देश नै बन्धक हुने भन्दै प्रतिप्रश्न गरेका छन्।
एउटा अनशनको कुरा छ अर्को संसदको सर्वोच्चताको कुरा छ। सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने संसद हो। यसको सार्वभौमिकताको प्रश्न हो। यसप्रति म संसदको सर्वोच्चता प्रति, संसदको विधि निर्माण्मा नतमस्तक छु।

अहिले १६ औं पटकको अनसन जारी छ र १५ औं पटकको सम्झौताको चर्चा छ। सम्झौता त्यसभन्दा अगाडि पनि भएका थिए।

विधि कस्तो हुनेरु एक जना अनसन बसेपछि देशै बन्धक हुनेरु तर्कले काम नगर्ने, तथ्यले काम नगर्ने, संविधानले काम नगर्ने, कानुनले काम नगर्ने, राष्ट्रिय आवश्यकताले काम नगर्ने, आवश्यकताका औचित्यका मार्गहरु अवरुद्ध हुने र व्यक्तिको अनसन सर्वोपरि हुने लोकतन्त्रमा हुन्छ रु यसमा सबैले विचार गर्नुपर्ने कुरा छ।

जहाँसम्म सरकारले गरेको सम्झौताको कुरा छ। त्यसभित्र दुइ पक्ष छन्। सम्झौता सत्य निरुपण होइन। सम्झौता एउटा सम्झौता हो। सम्झौता तत्कालीन परिस्थितिको उपज हो र त्यस परिस्थितिले निर्माण गरेको तत्कालीन आवश्यकता हो। त्यस परिस्थितिमा जसरी हुन्छ सरकारले सम्झौता गर्यो। त्यसैअनुसार सरकारले संसदमा ऐन बनाउन विधेयक प्रस्तुत गरेको छ। भन्ने उत्तर दिएका थिए ।

१६ औँ पटकको अनसन बसेका डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई त्रिबि ल्याईएको थियो ।
डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको थियो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका थिए ।