१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ कांग्रेस सभापतिमा फेरि निर्वाचन हुने



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ । 

मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दिलीप गच्छदारले एक हजार १५९ र यदु विष्टले ५६३ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानअनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर मत बाहेक खसेको मतको कम्तीमा ५१ प्रतिशत ल्याउनुपर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि उमेद्वारको बहुमत आएन ।
    
तेस्रो स्थान प्राप्त गर्नुभएका सभापतिका उम्मेदवार विष्ट प्रतिस्पर्धाबाट बाहिरिने तथा लिम्बू र गच्छदारबीच प्रतिस्पधा हुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका विषयमा छलफल भइरहेको छ टुङ्गो लागेको छैन । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा तीन हजार ४१२ मत खसेको थियो ।