६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले चन्द्रमामा उमारेको कपासको बिरूवा मर्यो



अ+ अ-

काठमाडौ । चीनले पहिलो पटक चन्द्रमामा उमारेको बिरूवा मरेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३ मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ-४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको थियो। तर बिहीबार नै उक्त बिरूवा मरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


गत मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले नियन्त्रित वातावरणभित्र एउटा शिशाको भाँडाभित्र बिरूवा टुसाएको तस्बिर सार्वजनिक गरेको थियो।चिनियाँ अन्तरिक्ष यानले कपास र आलुको बीउसहित माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लिएर गएको थियो।


यो परीक्षणका प्रमुख प्राध्यापक लिउ हाङलोङले अन्तरिक्षमा लामो समय बाँच्न सम्भव छ कि छैन भन्ने थाहा पाउन बिउलाई चन्द्रमामा लगेर उमारेको बताएका थिए।


‘हामीले भविष्यमा अन्तरिक्षमा बाँच्न सकिन्छ कि सकिन्न भनेर यो प्रयोग गरेका हौं। कम गुरूत्वाकर्षणमा यो बिरूवा टुसाएको छ यसको हुर्काइले हामीलाई भविष्यका लागि स्पेश बेस बनाउने बाटो खोल्नेछ,’ प्राध्यापक लिउले भने।


उनले बिरूवा टुसाएको भाँडो सानो भए पनि यसभित्र २५ डिग्री सेल्सियस तापक्रम कायम राख्ने प्रणाली जोडिएको बताए। टुसाएको बिरुवाले भाँडाभित्र एक सूक्ष्म जैविक मण्डल सिर्जना गर्ने र त्यस्तो कृत्रिम वातावरणमा आफैं हुर्कने अनुमान थियो। तर उपयुक्त वातावरण नभएपछि बिरूवा मरेको छ।


त्यो बिरूवा चन्द्रमाको सतहमा परेको सूर्यको प्रकाशका भरमा बाँचिरहेको थियो। रात परेपछि जब तापक्रम माइनस १७० डिग्री सेल्सियसभन्दा कम भयो, तब बिरूवा बाँच्न सकेन। यो परीक्षण डिजाइन नेतृत्व गरेका चोङकिङ विश्वविद्यालयका प्राध्यापक जी जेङजिनका अनुसार बिरूवा मर्न सक्ने आकलन पहिल्यै थियो।


कपासको बिउसँगै पठाइएका झिँगाको अण्डा के भयो भन्नेबारे उनीहरूले कुनै जानकारी दिएका छैनन्।