६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाम आए स्वागत गर्छु : प्रधानमन्त्रीे फुक



अ+ अ-

होनाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम गर्ने यहा प्रधानमन्त्रीे गुऐन जुआन फुकले इच्छा व्यक्त गरेका छन् ।

उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी किम जोङ चोल शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ जानु गएका र उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नु हुने अनुमान गरिएको छ ।

सो भेटवार्तापछि ट्रम्प र किमबीच दोस्रो चरणको भेटवार्ताको विस्तृत विबरण सार्वजनिक हुने पनि आशा गरिएको छ । दोस्रो शिखर सम्मेलनको समय तालिका र सम्भावित स्थानको विषयमा पनि छलफल हुने अनुमान रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा भएको शिखर वार्तापछि यो दोस्रो वार्ता हुन गइरहेको हो । पहिलो वार्तापछि उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच जारी रहेको चिसोपनमा गत वर्षबाट सुधार आएको थियो ।

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर वार्ता हुने भनिएको भएपनि अहिले सम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् ।