१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्धारा अस्ट्रेलिया सात विकेटले पराजित, बन्यो नयाँ कीर्तिमान



अ+ अ-

काठमाडौँ । भारतले वान डे श्रृंखलामा अस्ट्रेलियासँगको खेलमा नयाँ इतिहास रचेको छ।

मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा निर्णायक वान डेमा भारतले अस्ट्रेलियालाई ७ विकेटले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य भारतले ४ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा महेन्द्र सिंह धोनीले अविजित ८७ रन जोड्दा केदार जादबले अविजित ६१ रनको अर्धशतकीय इनिङस खेले। कप्तान विराट कोहली ४६ रन बनाएर आउट भएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ४ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । अष्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्पले ५८ रन जोडे । यस्तै शन मार्शले ३९ तथा उस्मान ख्वाजाले ३४ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका लागि युजभेन्द्र चाहल एक्लैले ६ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र मोहमद सामीले २र२ विकेट लिए ।

यो जितसँगै भारतले नयाँ कीर्तिमान बनाएको हो । यसअघि ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितेको भारतले वान डे श्रृंखला जितेसँगै एकै साथ अस्ट्रेलियन भूमिमा दोहोरो उपाधि जित्ने इतिहास बनाएको हो।