६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्धारा अस्ट्रेलिया सात विकेटले पराजित, बन्यो नयाँ कीर्तिमान



अ+ अ-

काठमाडौँ । भारतले वान डे श्रृंखलामा अस्ट्रेलियासँगको खेलमा नयाँ इतिहास रचेको छ।

मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा निर्णायक वान डेमा भारतले अस्ट्रेलियालाई ७ विकेटले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य भारतले ४ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा महेन्द्र सिंह धोनीले अविजित ८७ रन जोड्दा केदार जादबले अविजित ६१ रनको अर्धशतकीय इनिङस खेले। कप्तान विराट कोहली ४६ रन बनाएर आउट भएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ४ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । अष्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्पले ५८ रन जोडे । यस्तै शन मार्शले ३९ तथा उस्मान ख्वाजाले ३४ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका लागि युजभेन्द्र चाहल एक्लैले ६ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र मोहमद सामीले २र२ विकेट लिए ।

यो जितसँगै भारतले नयाँ कीर्तिमान बनाएको हो । यसअघि ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितेको भारतले वान डे श्रृंखला जितेसँगै एकै साथ अस्ट्रेलियन भूमिमा दोहोरो उपाधि जित्ने इतिहास बनाएको हो।