७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ : सल्लाहकार डा. भट्टराई

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ : सल्लाहकार डा. भट्टराई
अ+ अ-

“विश्वका दुईचारवटा ठूला कम्पनीलाई भित्र्याउन सकेमात्र प्रधानमन्त्रीको भ्रमणले सार्थकता पाउनेछ : प्रा.डा. पोखरेल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् ।


प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसीपनि सेयर गर्ने जनाए । उनले भने,‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ । अब आर्थिक विकास र समृद्धिलाई बढावा दिईरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ ।’


मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पुरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाई छ । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पु¥याउनेछ,”–उनले भने ।


विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए । उनले भने,‘नेपालमा लगानी तथा व्यापार गर्नको लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समूदायलाई आकर्षित गर्नुहुन्छ ।’


नेपाल लगानीको लागि अनुकुल छ भनेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने बताउँदै उनले भने,‘नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त फोरम हो ।’
प्रधानमन्त्रीले भ्रमणका बेलामा विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीहरुसँग भेटघाट हुने कार्यक्रम समेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाई छ ।


उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ । उनले भने,‘हाम्रो प्रधानमन्त्रीले स्टा«टेजी आउटलुक अन साउथ एशियामा पनि बोल्नुहुन्छ । अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ । त्यस्तै, उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा पनि वक्ताको रुपमा सहभागी जनाउनुहुनेछ ।’


यसका अलावा प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र ईजरायलका प्रधानमन्त्रीसँगपनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले सुनाए । उनले भने,‘उहाँहरुबाट भेटवार्ताको लागि अनुरोध आएको छ। भ्रमण तय भए नभएको मलाई ठ्याक्कै थाहा छैन । तर, आग्रह गरेको छु ।’
“सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउनका लागि नेपालले प्रयोग गर्नुपर्छ,”–उनले भने ।


उनले प्रधानमन्त्रीको भ्रमण समग्र रुपमा फाईदाजनक हुने विश्वास दिलाए । उनले भने,‘ज्ञान, प्रविधि र पुँजी भित्र्याउनको लागि यो भ्रमण फलदायी हुनेछ।’


त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको स्पष्ट पारेका छन् ।
उनले भने,‘उहाँको पार्टीले जे जस्तो नीति लिएपनि, उहाँ घोर पुँजीवादीहरु आउने फोरममा सहभागी हुन जाँदै हुनुहुन्छ, यो राम्रो कुरा हो ।’


मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास दिलाए ।
माक्र्सवादी र लेनीनवादी मार्गदर्शन बोकेको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुँजीवादको सम्मेलनमा जानु खुशीको कुरा भएको बताउँदै उनले मुलुकको पुँजीवादको विकासमा सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


उनले भन,“विश्वका दुई/चारवटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सकेमात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ । एप्पल र सामसुङजस्तो बहुअन्तर्राष्ट्रिय कम्पनी नेपाल ल्याउन सके अरु लगानीकर्ता आँफै आउँछन् ।”


नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताए । उनले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए ।
शर्माले भने,‘यो नेपाललाई चिनाउने अर्को ठूलो अवसर हो । प्रधानमन्त्री यो फोरममा गएर बोल्दा नेपालमा धेरै लगानीकर्ता आकर्षण गर्न सक्नुपर्छ ।’


सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख पनि शर्माले धारणा राखे ।
लगानी भित्र्याउनका लागि चाहिने आवश्यक ऐन कानुनलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो । शर्माले नेपालमा लगानीयोग्य वातावरण बनाउँछौं भनेर विश्वस्त तुलाउनुपर्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय रुपमा नेपालको छबि घट्दै गएको सुनाउँदै उनले प्रधानमन्त्रीको यो भ्रमणले करेक्शन गर्ने अवसर भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘समय र अवसरको पूर्ण सदुपयोग हुनुपर्दछ ।’
भ्रमणमा निजी क्षेत्रका आफूहरुजस्ता केही व्यक्तिलाई सहभागी गराएको भए राम्रो हुनेथियो भन्ने उनको धारणा छ । उनले भने,‘अब नेपाल लगानीमैत्री वातावरण बनाउनेगरि काुन तथा निर्देशिका बनाउनुपर्छ ।’


स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भएपनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने धारणा राखे ।
विश्वका अरु मुलुकबाट पाठ सिकेर नेपालले विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो । उनले भने,‘नेपालको प्रधानमन्त्री पहिलोपटक सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ। यो खुशीको कुरा हो ।’


सिम्खडाले प्रधानमन्त्रीको भनाई र गराईमा फरक देखिन नहुने धारणा राखे । उनले भने,‘भनाई र गराईमा एकरुपता हुनुपर्छ ।’ त्यस्तै उनले नेपालले कुटनीतिक क्षेत्रमा आफ्नो परिपक्वता देखाउनुपर्ने पनि धारणा राखे ।