१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत



अ+ अ-

अमरगढी । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी दिनुभयो । प्रदेशका नौ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो अवस्था देखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भवतीलाई सेवा दिने उद्देश्यले बथिर्ङ सेन्टर खुल्दै गएपनि ३४ प्रतिशत महिला घरमै बच्चा जन्माउँछन् ।” प्रदेशका ७३३ वडामध्ये ६५८ मा बथिर्ङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको उहाँले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साह गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ ।