१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम बस्तीको विद्यालय नमूना बन्दै



अ+ अ-

डडेल्धुरा । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् ।

डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० जना यो विद्यालयमा भर्ना भएको शिक्षक बताउँछन् ।

विद्यालयले बोडिङ स्कूलझँै अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेसँगै विद्यार्थी निजी विद्यालय छोड्दै सामुदायिक विद्यालयमा आउन थालेका छन् । विद्यार्थी अभावमा स्कूल बन्द भइरहेको बेला यो स्कूलमा भने विद्यार्थी थेगी नसक्नुभएको भुवनेश्वरी माविका प्रधानाध्यापक डम्बरबहादुर थ्वालले बताउनुभयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा दर्जनौँ विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्ने थालेका छन् तर डडेल्धुराको दुगर्म बस्तीमा महाकाली किनारमा रहेको एक विद्यालयमा भने विद्यार्थी थेगी नसक्नु अवस्थामा छ । निजी विद्यालय छोडेर विद्यार्थी यो विद्यालयमा भर्ना भएका छन् ।

विद्यालयमा नियमित खेलकूद र अतिरिक्त क्रियाकलापसँगै हरेक साता विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा अभिभावक छलफलमा समेत जुट्ने गरेको स्थानीय अभिभावक खेमराज भट्टराईले जानकारी गराउनुभयो । विद्यालयले दैनिक ५६२ विद्यार्थीको नियमित अनुगमन गर्ने गर्दछन् । र विद्यार्थीको पढाइ सरसफाइलगायत अतिरिक्त क्रियाकलापको समेत जानकारी गराउने कार्य भइरहेको प्रअ थ्वालले जनाउनुभयो ।

दुर्गम बस्तीमा रहेको यो विद्यालयमा शैक्षिकस्तर बढाउनका लागि भरपूर्ण मिहेनत गर्न शिक्षकले प्रतिबद्धता जनाउँदै विशेष कार्ययोजनासमेत निर्माण गरी लागू गरिरहेको जनाएका छन् ।

विसं २०३० मा स्थापना भएको विद्यालयले बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेको छ । विद्यालयमा आधुनिक पुस्तकालय र कम्प्युटर कक्षासमेत नियमित सञ्चालन हुने गरेका छन् । शैक्षिकस्तर सुधार, आधुनिक शिक्षा प्रणाली लागू गर्ने गुरुयोजना बनाएको प्रअ थ्वालले जनाउनुभयो ।
सरकारी र गैरसरकारी संस्थाको प्रयासमा डडेल्धुराका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेको यस वर्ष पनि शिक्षा क्षेत्रमा यो जिल्ला अगाडि रहने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख नाराणदत्त भट्टले बताउनुभयो ।