६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बी’ डिभिजन लिगः खुमलटार विजयी



अ+ अ-

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।  
    
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । 

खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । 

जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ । 

त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा  १ अङक जोडेको छ ।