६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेषबलमाथि तालिबानको आक्रमण, १८ को मृत्यु



अ+ अ-

मैदान शार । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो ।

तालिबान लडाकू समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ घाइते भएका एक स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस विस्फोटमा परी मारिएका र घाइते प्रायः विशेष सुरक्षाबलका सदस्यहरु रहेका र घाइतेहरुको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबूलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

स्थानीय समायानुसार सोमबार बिहान ७ः४० मा सो विस्फोट भएको थियो । शहरबाट करिब दुर्ई किलोमिटर टाढा रहेको यस सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारी साधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो ।

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्धार र प्रमुख भवन ध्वस्त भएको एक सुरक्षा स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ ।

आक्रमणको क्रममा चार जना तालिबान लडाकूको सहभागीता रहेको थियो । एक कारबम विस्फोटमा मारिएका र अन्य तीन बन्दुकधारी तालिबानी लडाकू सुरक्षाबलले गरेको जवाफि कारबाहीमा मारिएका छन् । यस आक्रमणको केही समयपछि नै तालिबान लडाकू समूहले जिम्मा लिएका छन् ।

तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिद सञ्चार माध्यमलाई यस आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् ।
सन् २००१अन्य मा सत्ताबाट अपदस्थ भएका तालिबानले बारम्बार सरकारी सैनिक र सर्वसाधारणको हत्या गदैै आएका छन् ।
गत आइतबार पनि लोगार प्रान्तमा भएको एक आक्रमणमा परी आठ अफगान सुरक्षा अधिकारी मारिनुको साथै अन्य कैयौ घाइते भएका छन् ।