२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीचैमा बीपीएल छाडेर सन्दीप स्वदेश फिर्ता



अ+ अ-


काठमाडौं । सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) छाडेर सोमबार दिउँसो स्वदेश फर्किएका छन् ।

नेपाल र युएईबिच हुने एक दिवसीय र टी –२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएको लामिछानेले बताएका छन् ।

उनले अस्ट्रेलियाको बिग ब्यास लिग पनि बिचैमा छाडेर ब्रगलादेशमा बिपीएल खेल्न पुगेका थिए । बिग ब्यासमा ४ खेल र बीपीएलमा ६ खेल खेलेका थिए ।

नेपालले युएईसँग एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्नेछ । नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय र २८ तारेखमा अन्तिम एकदिवसीय खेल्नेछ । उक्त सिरिजका लागि नेपाल मंगलबार त्यसतर्फ जाने छ ।

नेपालले पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्नेछ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तेस्रो फेब्रुअरी तीन मा खेल्नेछ ।