७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

घर आँगनमै मधेश सरकार !

घर आँगनमै मधेश सरकार !
अ+ अ-

वीरगञ्ज । पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् ।


विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो ।

बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्यावहारिक रुपमै संस्थागत भएपछि पश्चिमी पर्साको सुगम गाउँका मानिस मात्र नभएर अतिविकट तथा दुर्गम गाउँका बासिन्दासमेत खुशी छन् ।

विसं २०७२ मा तत्कालीन सरकारले गरेको निर्णयानुसार हालै जिराभवानी गाउँपालिका, सुपौली गाउँमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस भेगका ठोरी, जगरनाथपुर, जिराभवानी तथा पटेर्वा सुगौली गाउँपालिकाका करीब एक लाख जनताले घरआँगनबाटै सेवा सुविधा लिन थालेको निर्मलबस्तीका लालबहादुर श्रेष्ठले बताउनुभयो ।

स्थानीय नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ,“मधेशको विकासँग जोडिएको मुद्दालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेकाले नै आज पर्साको घरआँगनमा जनताले सेवा सुविधा पाइरहेका छन् । ”

नागरिकतालगायत सेवासुविधा प्राप्त गर्न घर अगाडि नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिचानसहितको सङ्घीयताको जग बलियो हुँदै गएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म विकास नपाएका जनताले स्थानीय निर्वाचनपछि घरआँगनमै सेवासुविधा पाउनु सङ्घीयताको उपलब्धि हो ।”

इलाका प्रशासन कार्यालय स्थापना भएपछि सदरमुकाम वीरगञ्जबाट करीब ४२ किलोमिटर पश्चिम दुर्गममा रहेको ठोरी गाउँपालिकाका बासिन्दा छोटो समयमा सबै सुविधा लिएर एकै दिनमा घर फर्किने अवस्था आएको ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिनले बताउनुभयो ।

लामो समयदेखि सो भेगका बासिन्दा वृद्धभत्ता, जन्मदर्ता, विवाहदर्ता, विधवा भत्ताजस्ता सुविधाबाट वञ्चित हुँदै गएकामा अब आफ्नै घरआँगनबाट नागरिकतालगायत सेवासुविधा पाउन थालेकाले गाउँमै सिंहदरबार आएको जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत थारुको भनाइ छ । देशमा सङ्घीयता आएपछि मधेशी जनता करदाताबाट मतदाता हँुदै अहिले नेतासम्म बनेका छन् भने राजनीतिक चेतनास्तर र विकास घरघरमा पुगेको देखिन्छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् ।