२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार रबि लामिछानेले गरे निकितासँग विहे



अ+ अ-

काठमाडौँ । पत्रकार रबि लामिछाने आज विहे गरेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा निकिता पौडेलसँग कानुनी बिवाह दर्ता गरेका हुन् ।

उनले विहे गर्ने योजना नै नभएको तर दुबै प्रती मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चलेका कारण बिवाह गर्न बाध्य भएको बताएका छन् ।

उनले भने, ‘हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला’।

उनले आफ्नो भोगाई र अरुको सोचाइ नमिल्ने भएका कारण विहे गरेको बताए । हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।