२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाेलिमर नाेट प्रकरणः
पूर्व गभर्नर डा. रावल धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । पूर्वगभर्नर डा. तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयानपछि विशेष अदालतले रु १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले सोमबार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर बाहिरिएको बताए ।

रावलसहित अन्य आरोपी फरार रहेको उल्लेख गरेपछि विशेष अदालतले उनीहरुलाई १५ दिनभित्र हाजिर हुन म्याद पठाएकोमा रावल म्यादभित्रै विशेषमा हाजिर भएका हुन् ।

उनि माथि पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दा लागेको छ।