६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने



अ+ अ-

काठमाडौँः नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै बैंकको अधिकृतस्तरको कर्मचारीसमेत आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले दुई वर्षसम्म कुनै पनि वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ ।

यस्तै बैंकले ‘घ’ वर्गका वित्तीय संस्थालाई समेत केन्द्रीय बैंकले सोहीअनुसार गर्नु गराउनसमेत आग्रह गरेको छ । तर तोकिएको समयावधि पूरा भएपछि कुनै पनि वाणिज्य बैंक तथा वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न पनि केन्द्रीय बैंकको स्वीकृति लिनुपर्नेछ ।

तोकिएको समयावधि पूरा भएपछि राष्ट्र बैंकबाट अवकाश पाएका र पदबाट हटेका डेपुटी गभर्नर, पूर्वकार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थामा नियुक्ति गर्दा यस बैंकको पूर्वस्वीकृति लिए वा नलिएको यकिन गरेर मात्र नियुक्ति गर्ने व्यवस्था गर्न परिपत्र गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।