१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

विदेशी बैंकमा पैसा राख्नेमाथी सरकारको निगरानी

विदेशी बैंकमा पैसा राख्नेमाथी सरकारको निगरानी
अ अ+ अ-

काठमाडौं । व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो। विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको र विभागलाई अनुसन्धानका लागि निर्देशन दिएको महाशाखाका उपसचिव लक्ष्मण खड्काले बताए। उनका अनुसार अनुसन्धानबाट प्राप्त रिपोर्टसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ।

खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आइसिआइजे)सँगको सहकार्यमा नेपालीले ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रुपैयाँ अवैध धन ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) स्विट्जरल्यान्डको स्विस बैंकमा जम्मा गरेको समाचार प्रकाशन गरेको थियो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा समेत विदेशी बैंकमा पैसा राख्ने नेपाली नागरिकका विषयमा अनुसन्धान हुने बताएका थिए।

विवरण माग्न नयाँ कानुन
महाशाखाका अनुसार प्रधानमन्त्री कार्यालयले विदेशी बैंकमा रकम जम्मा गर्ने व्यक्तिहरुको विवरण संकलन गर्न नयाँ कानुनको मस्यौदासमेत तयार गरिरहेको छ। ‘पारस्परिक कानुनी सहायता सम्झौता २०७५’ नाम दिएको सो मस्यौदा कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको नेतृत्वमा तयार भइरहेको छ। सो मस्यौदालाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा पठाइने महाशाखाका उपसचिव खड्काले जानकारी दिए। उनका अनुसार कानुन आएपछि नेपालीले कर छली गरी विदेशमा राखेको पैसाको विवरण माग्न सहज हुनेछ। समाचार नागरिक दैनिकमा छ ।