२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको शैयाबाट डा.केसीको अपिल – विधेयक माफियामुखी होइन जनतामुखी बनाउनुहोस्



अ+ अ-

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउन माग गरेका छन् । उनले हालको शिक्षा विधेयक जनतामुखी र विद्यार्थीमुखी नभएको गुनासो गरेका हुन् ।

उनले विधेयक राजनितिक मुखी र केपी ओलीमुखी भएका कारण मेडिकल माफियाहरुलाई फाईदा पुग्ने खनलको भएको जिकिर गरेका छन् उनले विधेयक पास गर्दा जनतामुखी र विद्याथीमुखी बनाएरमात्रै संसदमा पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

मंगलबार संसदको बैठक बस्ने निर्णय गरेसँगै शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देश दिदै डा.केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग आग्रह गरेका छन् । उनले आफूसँग सरकारले गरेको सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

संसदको बैठक मंगलबार ३ बजे बस्दैछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ ।