२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केसी जी अनसन होईन उत्सव मनाउनुस् : योगेश भट्टराई



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक डा. केसी अनरुप आउन नसक्ने बताएका छन् ।

उनले उक्त बिधेयक सबैको हित अनकुल भएका कारण संसदबाट पारित हुँदा डा.गोविन्द केसीले आफ्नो जित भएको खुशियाली मनाउनु पर्नेमा जोड दिए ।

उनले सबैलाई समेट्ने गरिनै बिधेक ल्याएका कारण अब डा. केसीले अनसन छाडेर ऐतिहासिक जितको उत्सव मनाउन तिर लाग्नुपर्ने बताएका हुन् ।

डा.गोविन्द केसीले मंगलबार अनसनस्थलबाट नै भिडियो सन्देश सार्वजनिक गर्दै सांसदहरुलाई बिधेयक पारित नगर्न आग्रह गरे लगत्तै नेकपा नेता भट्टराई सामाजिक संजालबाट केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् ।