६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार काङ्ग्रेसले थालनी गरेको आयोजनाको उद्घाटन गर्नमै व्यस्त छ : नेता पौडेल



अ+ अ-

पाल्पा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन् ।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाए । उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताए । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उनको आरोप थियो ।

उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गरे। नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको बताउनुभयो । उनले भने, “शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न सरकारको ध्यान पुग्न सकेको छैन,”।