१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको नाममा नेकपा भित्रै घुसपैठ, सांसदहरुले नै चलाए हस्ताक्षर अभियान



अ+ अ-

बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवल नै कायम गर्न नेकपा सांसदहरुले हस्ताक्षर अभियान चलाएका छन् । ८ सांसदको समुह बनाएर बुटवल राजधानीको नाम लुम्बिनी राख्न दबाव दिने उद्देश्यले सांसदहरुले हस्ताक्षर संकलन अभियान चलाएका हुन् ।

उक्त हस्ताक्षर अभियान प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी, नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकाल, तुल्सी प्रसाद चौधरी, थानकुमारी थापालगायतका समूहले संकलन गर्न थालेको स्रोतले बताएको छ ।

नेकपाका एक सांसदले अहिले मिडियामा बोल्न अप्ठ्यारो हुने र पार्टिबाट नै प्रेसर हुने भएको कारणले उक्त अभियान मिडियामा ल्याउन नचाहेको बताएका छन् । उनले राजधानी बुटवल र नाम लुम्बिनी बाहेक अरु कायम हुन नस्ने बताएका हुन् ।

हालका लागि बुटवललाई अस्थायी राजधानी बनाएको एक वर्ष बितिसक्दा पनि राजधानीको नाम टुंगो लाग्न सकेको छैन । नाम र राजधानीको विषयमा सुझाव दिन १५ सदस्यीय विशेष समितिसमेत गठन गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानी र नामाकरणको विषय जोडेर साउन १३ गतेको बैठक नै अवरुद्ध गरेको थियो भने माघ ३ गते बुटवलमा खबरदारी सभा समेत आयोजना गरेको थियो ।