२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको नाममा नेकपा भित्रै घुसपैठ, सांसदहरुले नै चलाए हस्ताक्षर अभियान



अ+ अ-

बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवल नै कायम गर्न नेकपा सांसदहरुले हस्ताक्षर अभियान चलाएका छन् । ८ सांसदको समुह बनाएर बुटवल राजधानीको नाम लुम्बिनी राख्न दबाव दिने उद्देश्यले सांसदहरुले हस्ताक्षर संकलन अभियान चलाएका हुन् ।

उक्त हस्ताक्षर अभियान प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी, नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकाल, तुल्सी प्रसाद चौधरी, थानकुमारी थापालगायतका समूहले संकलन गर्न थालेको स्रोतले बताएको छ ।

नेकपाका एक सांसदले अहिले मिडियामा बोल्न अप्ठ्यारो हुने र पार्टिबाट नै प्रेसर हुने भएको कारणले उक्त अभियान मिडियामा ल्याउन नचाहेको बताएका छन् । उनले राजधानी बुटवल र नाम लुम्बिनी बाहेक अरु कायम हुन नस्ने बताएका हुन् ।

हालका लागि बुटवललाई अस्थायी राजधानी बनाएको एक वर्ष बितिसक्दा पनि राजधानीको नाम टुंगो लाग्न सकेको छैन । नाम र राजधानीको विषयमा सुझाव दिन १५ सदस्यीय विशेष समितिसमेत गठन गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानी र नामाकरणको विषय जोडेर साउन १३ गतेको बैठक नै अवरुद्ध गरेको थियो भने माघ ३ गते बुटवलमा खबरदारी सभा समेत आयोजना गरेको थियो ।