१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्ने टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।

यही माघ ११ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपालले युएईसँग तीन वटा एक दिवसीय र तीन वटा टी–ट्वेन्टी सिरिज खेल्नेछन् । सहभागी खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन् । भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।

नेपालले युएईसँग पहिले एक दिवसीय सिरिज खेलेपछि मात्र टी–ट्वेन्टी सिरिज खेल्नेछ । नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ । त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ ।

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् ९आइसिसी० बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक÷एक जितको बराबरीमा सकिएको थियो ।

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । नेपाली टोली आज दिउँसो ४ः२० बजे युएई प्रस्थान गर्नेछ ।