१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय परिषदका लेखापालद्धारा सरकारी रकम हिनामिना



अ+ अ-

काठमाडौँ । न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालले रकम हिनामिना गरेको खुलेको छ । ढकालले लेखापाल हुदाँ तलबी भरपाईको जोडजम्मामा फरक पारी खर्च लेखेको खुलेको हो ।

हाल खनियावास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत शिवहरि ढकालले न्याय परिषद सचिवालयमा कार्यरत रहँदा आर्थिक वर्ष २०७२/०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा कुल रू २४,४६,२१२ रकम बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी हिनामिना गरेको अख्तियारका सह–सचिव रामेश्र्वर दंगालले जनकारी दिएका हुन् ।

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा निजलाई बिगो रू २४,४६,२१२ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा सचिव दंगालले आरोप–पत्र दायर गरेका छन् ।