१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानवअधिकार आयोगद्धारा डा. केसीको जीवनरक्षा गरिदिन सरकारसँग आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गरिदिन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारले पटक पटक गरेको सम्झौताहरु लागु गरि उनको अनसन तोडाउन आग्रह गरेको हो । सरकार डा.केसीबिरुद्द गम्भीर नभएका कारण हरसम्भव प्रयास गरेर भएपनि सरकारले उनको माग पुरा गर्नुपर्ने आयोगको भनाई छ ।

आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील भएर लाग्न सरकारसँग माग गरेको छ । आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘डा. केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले आपसी विमतिका विषयमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न पनि आग्रह गरेको छ । आयोगले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएको पनि उक्त बिज्ञप्तिमा जनाएको छ ।