६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानवअधिकार आयोगद्धारा डा. केसीको जीवनरक्षा गरिदिन सरकारसँग आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गरिदिन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारले पटक पटक गरेको सम्झौताहरु लागु गरि उनको अनसन तोडाउन आग्रह गरेको हो । सरकार डा.केसीबिरुद्द गम्भीर नभएका कारण हरसम्भव प्रयास गरेर भएपनि सरकारले उनको माग पुरा गर्नुपर्ने आयोगको भनाई छ ।

आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील भएर लाग्न सरकारसँग माग गरेको छ । आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘डा. केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले आपसी विमतिका विषयमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न पनि आग्रह गरेको छ । आयोगले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएको पनि उक्त बिज्ञप्तिमा जनाएको छ ।