१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्काइस अधिकारकर्मी पक्राउ



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् ।

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बिपी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजङ्ग महतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने, वाइड बडी जहाज खरीदमा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न मुख्य दोषीलाई कारवाही गर्र्नुपर्ने र सत्याग्रही प्रा डा गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित मानवअधिकार तथा शान्ति समाजले सङ्घीय संसद् भवन अगाडि धर्नासहित प्रदर्शन गरेको सभापति पुडासैनीले बताए ।