६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाद्धारा पाकिस्तान पराजित, डुसेनले बनाए अविजित ८० रन



अ+ अ-

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सहज जित निकालेको छ ।

दक्षिण अफ्रिकाले आफ्नो जित निकाल्ने क्रममा पाकिस्तानलाई पाँच विकेटको पराजित गरेको हो । पाकिस्तानले दिएको २०४ रनको सामान्य लक्ष पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि डुसेनले अविजित ८० रन बनाए । त्यस्तै, फेहलुकवायाले पनि अविजित ६९ रन बनाए । बलिङतर्फ शाहिन शाह अफ्रिदीले तीन विकेट लिए ।

यसअघि दुर्बानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २०३ रन मात्रै बनाउन सकेको थियो ।

पाकिस्तानका लागि हसन अलिले ५९ रन बनाएका थिए । त्यस्तै कप्तान सफ्रराज अहमेदले ४१ रन बनाएका थिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका एन्डिल फेहलुकवायोले चार विकेट लिए ।

जितसँगै पाँच खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले १–१ को बराबरी बनाएको छ ।