१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा पाँच घाइते



अ+ अ-

मुग्लिन । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् ।

घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना५ख ९७०६ नंको मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको ना६ख ९८९९ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

यसैबीच आज बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट कुरिनटारतर्फ आउँदै गरेको ना६ख ९१०६ नंको ट्रक र काठमाडौँतर्फ जाँदै गरेको ना५ख २७६२ नंको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

दुर्घटनामा काठमाडौँतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन् । उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । लामो समयपछि सिमसिम पानी पर्दा सवारीसाधन चिप्लएर अत्यधिक दुर्घटना हुने गरेका छन् ।