१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस अधिवेशनः सर्लाहीमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते



अ+ अ-

सर्लाही । नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज पनि सर्लाही जिल्लामा विवाद भएको छ । विवाद चल्दै गर्दा विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

हिजो मात्रै पनि अधिवेशन क्रममा सर्लाही गोली चलेको थियो । वडा अधिवेशनकै क्रममा मतदान अधिकृत उमेशचन्द्र झामाथि हातपात हुन थालेपछि प्रहरीले बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको बताईएको छ । 

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत झा पुगेका थिए । सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । 

झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ