२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएल ‘इन्काउन्टर’ प्रकरण : प्रहरी भन्छन् अपराधी हो, नेता भन्छन् कुखुरा व्यवसायी हो



अ+ अ-

काठमाडौं । मंगलबार काठमाडौँको गोंगबुमा प्रहरीले हतियार कारोबारी भन्दै गोली प्रहार गरेका व्यक्ति वाईसीएल नेता भएको खुलेको छ ।

काभ्रे घर भई काठमाडौँ बस्दै आएका उनिलाई मंगलबार दिउँसै गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरिएको थियो ।

प्रहरीले गोली हानेर घाईते बनाएका तामाङ प्रहरीको अनुसन्धान गर्दा उनी वाईसीएल काभ्रेका इन्चार्ज भएको खुलेको हो ।
तामाङलाई गोंगबुस्थित होटल नक प्रा.लिको १०४ नम्बर कोठाभित्र महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तर, गोली लागेर घाईते भएका तमाङको हालसम्म कुनैआपराधिक पृष्ठभूमि छैन् । प्रहरीले घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेपनि त्यसमा सत्या छ की छैन संकाको कुरा बनेको छ ।

प्रहरीका अनुसार तामाङले सुन लुट्ने उद्देश्यले हतियार राखेको भिडियो बयान रहेको भनेपनि उनले काहाँबाट कति सुन लुटे भन्ने कुराको प्रहरीले स्रोत खुलाएको छैन् ।

प्रहरीको यो दाबीसँग नेकपा काभ्रेका नेताहरुले सहमत देखिएका छैनन् । उनीहरुले लामा कुखुरा पालन व्यवसायमा भएको दाबी गरेका छन् ।