६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तर सुधार्दै टेलिकम



अ+ अ-

बागलुङ । धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ ।

पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ ।

पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । उहाँका अनुसार धौलागिरिका एक सय २० ठाउँमा मोबाइल र इन्टरनेट सेवाका लागि जिएसएम बिटिएस टावर सञ्चालित छन् । गत दुई वर्षमा मात्र ४४ नयाँ टावर बनेका थिए ।

“यो वर्ष मात्रै दश नयाँ टावर चले”, इञ्जिनीयर शर्माले भन्नुभयो, “पुराना अस्थायी संरचनामा बनेका टावरको पनि स्तरवृद्धि भइरहेको छ ।” अहिले अस्थायी प्रकृतिले चलेका १५ वटा टावरको स्थायी संरचना बनाउने काम भइरहेको छ । अर्को चरणमा थप १२ वटा टावरको स्तर सुधार गरिनेछ ।

स्थायी संरचना बन्दा टावर हाल भएका भन्दा अग्लो हुने र त्यसले सेवाको पहुँच बढाउने जनाइएको छ । मुस्ताङको कोरला, म्याग्दीको बरङ्जा, बागलुङको अमरभूमि, छिस्ती र खुङ्गामा नयाँ टावर निर्माणाधीन छन् । थ्रिजी सेवाको लागि बागलुङको बुर्तिबाङ, म्याग्दीको सिङ्गा तातोपानी र पोखरेबगरमा पनि जिएसएम बिटिएस टावर निर्माणको लागि अध्ययन भइरहेको छ ।

“धौलागिरिभरि मोबाइल सेवा विस्तार हुँदैछ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “इन्टरनेटको पनि सेवा र गुणस्तर बढ्दै गएको छ ।” बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हाल ८१ ठाउँमा थ्रिजी सेवा छ । आगामी चैतभित्र बढाएर ९१ ठाउँमा थ्रिजी सेवा पुर्याउने लक्ष्य कार्यालयको छ । छिट्टै फोरजी सञ्चालनको तयारी पनि अघि बढ्ने जनाइएको छ । आउँदो दशैँसम्ममा धौलागिरिका मुख्य बजार क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ ।

गाउँ÷गाउँमा जिएसएम मोबाइल पुगेपछि इन्टरनेट डाटा खपत पनि उल्लेख्यरूपमा बढेको छ । दुई वर्षअघिसम्म प्रतिदिन जम्मा ६६ जिबी खपत हुने गरेकामा अहिले बढेर दुई हजार ४०० जिबी पुगेको छ । ल्याण्डलाइन टेलिफोन सेवा पनि विस्तार हुँदै गएको कार्यालयका अर्का इञ्जिनीयर अमृत नेपालले बताउनुभयो ।

धौलागिरिका १६ ठाउँमा ल्याण्डलाइन सेवा र २५ ठाउँमा सिडिएम सेवा पुगेको छ । “सेवा विस्तार नै हाम्रो मुख्य लक्ष्य हो”, इञ्जिनीयर नेपालले भन्नुभयो, “सेवाका बारेमा आउने गुनासाको तत्काल सम्बोधन हुन्छ ।” जिएसएम मोबाइल पुगेपछि सिडिएमएका प्रयोगकर्ता भने घट्दै गएको पाइएको छ ।
गुणस्तरीय डाटा र भ्वाइस सेवाका लागि तामाको तार हटाएर फाइबर प्रविधिसमेत राख्न शुरु गरिएको छ । आउँदो चैतभित्र बागलुङ बजारका सबै घरमा फाइबर विस्तार हुने कार्यालयले जनाएको छ । बागलुङपछि म्याग्दीको बेनी र पर्वतको कुश्मा बजारमा फाइबर पु¥याउने लक्ष्य छ ।

टेलिकमले म्याग्दीको गुर्जा बाहेक धौलागिरिका अन्य ठाउँमा रहेका ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याएको छ । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले भ्वाइस र डाटाको गुणस्तरमा सुधार आउने जनाइएको छ ।