२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या,हिंसा र बलात्कारको घटना अहिले शून्य छ : प्रहरी प्रवक्ता सुवेदी



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घट्नाहरु प्रहरीको सक्रियताले अहिले न्यूनिकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरेका छन् ।

उनले भने,‘हिजोको अवस्थामा देशका विभिन्न स्थानमा संगठित गुण्डागर्दी, विभिन्न ग्याङको नाममा गुण्डागर्दी गर्ने, त्यही नाममा अपहरण गर्ने, जबरजस्ती चन्दा लिने, अरुको सम्पत्ति कब्जा गर्ने, टेण्डर कब्जा गर्ने, प्राकृतिक स्रोत तथा साधनहरुको दोहनमा पनि प्रत्यक्ष रुपमा संलग्न हुनेजस्ता क्रियाकलापहरु गर्नेहरुको विरुद्धमा पनि प्रहरीले विशेष कारबाही गर्दै, निर्माण व्यवसायी शरद गौचनको हत्यापछिको अवस्था हेर्नुभयो भनेपनि, त्यो हत्यामा संलग्नसमेत कानुनको दायरामा आईपुगेका छन् भने केही मान्छे मुठभेडमा पनि मारिएका छन् ।’

सुवेदीले समग्र रुपमा देशमा अहिले बन्द, हड्ताल, जातीय तथा क्षेत्रिय हिंसा अथवा अन्य कुनैपनि किसिमले अराजकताको अवस्था नरहेको जिकिर गरे । उनले भने,‘तर, यति भन्दै गर्दापनि हामीले अपराध तथ्यांक हे¥यौं भने जुन न्यूनिकरण हुनुपर्ने हो, त्यो न्यूनिकरण भएको छैन । नेपाल प्रहरीले यसमा धेरै अनुशन्धान गर्यो । रिसर्च गर्यो । सरोकारवालाहरुसँग छलफल गर्यो । मिडियाकर्मी साथीहरुसँगपनि छलफल गर्यो । छलफल गर्दा के निश्कर्षमा पुग्यो भने, अहिले नेपालको शान्ति, सुरक्षाको अवस्थालाई चूनौति दिने भनेको पेशेवर अपराधीको कारणले अर्थात संगठित अपराधीको कारणले होईन रहेछ ।’

उनले अहिले सामाजिक विकृतिका कारण समाजमा घट्नाहरु घटिरहेको सुनाए । उनले भने,‘हत्या, हिंसा, बलात्कार, लुटपाटलगायतका घट्नाहरु घट्नुको मुख्य कारण नै सामाजिक विकृति रहेछ ।’ सामाजिक विकृति न्यूनिकरण गर्नको लागि आफूहरुले सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्यमा सचेतना कार्यक्रम अघि बढाएको पनि उनले जानकारी दिए ।

सामाजिक विकृति न्यूनीकरण गर्नको लागि नेपाल प्रहरी र स्थानीय सरकारबीच सम्झौतासमेत भैसकेको उनले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म ७४७ स्थानीय सरकारसँग प्रहरीले (एम.ओ.यू) गरिसकेको छ ।

आफूहरुले सचेतना कार्यक्रम अघि बढाउनको लागि देशभरि करिब दश हजार समिति बनाईसकेको पनि उनले जानकारी दिए । उनका अनुसार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति गरी पाँच किसिमका समितिहरु गठन भएको छ ।

सुवेदीले अहिले ६० प्रतिशत बलात्कार १५ वर्ष मुनिका बालिकाहरुमाथि भैरहेकोपनि सुनाए । उनले भने,‘९७ प्रतिशत बलात्कारको केशमा प्रहरीको तर्फबाट सफल अनुशन्धान भएको छ ।’ सुवेदीले बलात्कारको शिकार आफन्तबाटै भएको पनि सुनाए । उनले थपे,‘अब सचेतना कार्यक्रम आवश्यक छ ।’
उनले बलात्कारको न्यूनिकरणको लागि आफूहरुले विद्यालयस्तरबाटै ‘ईन्टरभेन्सन’ सुरु गरेको पनि सुनाए । उनले भने,‘काठमाडौं उपत्यकाका ७ सय विद्यालयमा हामीले सचेतना कार्यक्रम सुरु गरिसकेका छौं । देशभरि २ हजार विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु अघि बढाएका छौं ।’

त्यस्तै ‘साईबर–सेक्युरिटी’ पनि देशमा अहिले अर्को चूनौतिको रुपमा रहेकोले त्यसलाई न्यूनिकरण गर्नको लागि आफूहरुले सोहीअनुसार कार्यक्रमहरु अघि बढाएको उनको भनाई छ ।

गत कार्तिक ११ गतेदेखि सुरु भएको आफूहरुको कार्यक्रमअन्र्तगर्त अहिलेसम्म विभिन्न केशका ११५० फरार अपराधीहरु देशभरिबाट पक्राउ गर्न सफल भएको पनि प्रवक्ता सुवेदीले जनाए । त्यस्तै, १५० गैरकानुनी हतियार र ठूलो मात्रामा लागुऔषध र मदिराजन्य वस्तुहरु जफत गर्न सफल भएको पनि उनले जनाए ।