७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै
अ+ अ-

बनेपा । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो ।

“सुपरम्यान जिपलाइन मेरो बाहेक अरुको छैन”, उहाँले भन्नुभयो, “यो मेरो दावी हो, नेपालमा यस्तो व्यवसाय अर्को छैन, यसमा एक जोडीले एकैपटक हातखुट्टा फैलाएर फ्लाइ९उडेको० जस्तो प्रकृतिमा खेल्न सक्छन्, अरु जिपलाइनमा एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने हो, यसमा यहाँको जस्तो हेलिकप्टर झैँ उडेर खेल्ने सुविधा छैन ।”

उहाँले सुपरम्यान जिपलाइनका लागि अमेरिकी र क्यानेडेली प्रविधिको सामग्री प्रयोग गरेकाले खासै जोखिम नहुने बताउनुभयो । पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालय लगायतका निकायबाट स्वीकृति लिएर सो व्यवसाय सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । नेपाल सरकारको नियमानुसार रु पाँच लाखको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हेर्दा संरचनाको हिसाबले सामान्य देखिए पनि नेपाल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकोले बनाउने ठाउँमा माटो परीक्षण गरी टावर हाल्ने काम गरेको उहाँको भनाइ छ । प्रयोग गरिएका सबै सामान अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त रहेको सञ्चालक थापा बताउनुहुन्छ । जिपलाइनका लागि मात्रै रु दुई करोड ५० लाख खर्च भएको र सो खेलसँगै त्यहाँ आउनेलाई थप सुविधा प्रदान गर्न अरु व्यवस्थापनको काम भइरहेको बताइएको छ । त्यससँगै सो वरिपरि बालबालिकालाई उपयुक्त खेलका लागि अरु संरचना निर्माण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सम्पूर्ण व्यावसायिक कार्य सम्पन्न हुँदा रु छ करोड लगानी लाग्ने सञ्चालक थापाले बताउनुभयो ।

व्यवसाय सञ्चालनका लागि करीब ७० रोपनी जग्गामा संरचना निर्माण गर्ने तयारीमा रहेको छ । उहाँले व्यावसायिक हिसाबले काठमाडौँबाट पनि नजिक र पर्यटकीय हिसाबले निकै प्रख्यात भएकाले पनि धुलिखेललाई नै रोजेर नयाँ व्यवसायका रूपमा जिपलाइन खेल व्यवसाय सञ्चालन गर्न लागेको बताउनुभयो ।

व्यवसाय सञ्चालन गर्न आवश्यक जनशक्तिका लागि स्थानीयवासीलाई प्राथमिकता दिने बताउँदै उहाँले दक्ष प्राविधिकबाहेक २० देखि २५ कामदारले प्रत्यक्ष रोजगार पाउने बताउनुभयो । व्यवसायको संरचना निर्माणका लागि अहिले प्राविधिक जनशक्ति भारतबाट झिकाएर काम भइरहेको छ ।

सिन्धुपाल्चोकको लास्ट रिसोर्टमा सञ्चालन भइरहेको बञ्जीजम्प नेदरल्याण्ड्सका नागरिक डेबिड र नेपाली व्यवसायी विष्णु न्यौपानेले शुरु गर्ने बेलामा आफ्नो घरमा बसेर शुरु गरेको र त्यही व्यवसायबाट प्रभावित भएर जिपलाइन सञ्चालन गर्ने सोचलाई साकार पार्न मद्दत मिलेको सञ्चालक थापाले बताउनुभयो ।

पछिल्लो समयमा खासा व्यापारी भएर काम गर्दै आउनुभएका उहाँले क्यानडामा रहेका भाइको सल्लाहअनुसार करीब आठ महीना अगाडि काम शुरु बताउनुभयो । अहिले करीब ९९ प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ । लास्ट रिसोर्टको क्यानोनिङ ९छाँगा वरोहण० व्यवसायपछि बीचमा अरनिको यातायात समितिमा व्यवसायी भएर काम गर्नुभएका उहाँले खासाको व्यापारमा समेत उत्तिकै अनुभव लिइसक्नुभएको छ ।

जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी एघार सय मिटरको रहेको छ । उहाँले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा दुई हजार पाँच सय र विदेशीको लागि ३५ देखि ४० डलरसम्म लाग्ने बताउनुभयो । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने उहाँको भनाइ । टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।