२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा दिउँसै ‘इन्काउन्टर’, मारिए चौधरी



अ+ अ-

सप्तरी । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकमा प्रहरीसँग भएको मुठभेडमा एक जना मारिएका छन् ।

मारिनेमा कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

विष्टका अनुसार जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको हो ।

चौधरीसँगै मोटरसाइकल सवार मोटरसाइकल चालक भने फरार भएका छन् ।

चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।