१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा दिउँसै ‘इन्काउन्टर’, मारिए चौधरी



अ+ अ-

सप्तरी । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकमा प्रहरीसँग भएको मुठभेडमा एक जना मारिएका छन् ।

मारिनेमा कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

विष्टका अनुसार जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको हो ।

चौधरीसँगै मोटरसाइकल सवार मोटरसाइकल चालक भने फरार भएका छन् ।

चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।