२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोकी निको पार्ने केही घरेलु उपायहरू….



अ+ अ-

जाडो निकै बढेको छ । चिसोका कारण रुघा खोकीको समस्या पनि निम्तिन्छ । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दुस्ख पाउँछन् । कुनै कुनै खोकी त करिब १ महिना भन्दा बढी सम्म समेत लाग्ने हुन्छ । खोकी निको पार्ने केही घरेलु उपायहरू यस्ता छन्…………

१. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो मिलाएर चाटे पनि लाभ गर्छ।

२. आँकको ४/५ वटा पात पोलेर त्यसको खरानी रातभरी पानीमा राखेर बिहान लुगाले छानी पिएमा पनि खोकी निको हुन्छ।

३. तिलको तेलमा कपुर मिसाएर छातीमा बिस्तारै दलिदिने गरेमा साना बच्चाहरूको खोकीमा लाभ गर्छ।

४. मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ। असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ।

५. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ।

६. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ।

७. चिराइतोको काढाँ पिउनाले वा शतावरी, मिश्री र छोहोडाको पानीमा पकाएर पिउनाले पुरानो खोकी निको हुन्छ।