१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

हतियारधारी देख्ने वित्तिकै सिधै गोली हान्ने प्रहरीको रणनीति

हतियारधारी देख्ने वित्तिकै सिधै गोली हान्ने प्रहरीको रणनीति
अ अ+ अ-

सप्तरी । हतियारधारी समूहका गतिबिधि बढ्न थालेपछि तराईमा प्रहरीको कारवाही अभियान तीब्र पारिएको छ । नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले प्रदेशहरुको निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुखहरुलाई सशस्त्र हतियारधारीले टाउको उठाउन लागेको सूचना आफुले प्राप्त गरेको भन्दै त्यस्ता समुहबिरुद्ध जाइलाग्न निर्देशन दिएसँगै प्रहरी कारवाही आक्रमक बनेको हो ।

बुधबार बिहानै दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दीपेन्द्र जैसवाल मारिएका छन् । प्रहरीलाई देख्ने वित्तिकै जैसवालले फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको र त्यसक्रममा जैसवालको मृत्यु भएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले बताएका छन् । जैसवालको टाँउकोमा गोली लागेको थियो । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो । जैसवालले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । जैसवालले २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ । यसअघि दुई नम्बर प्रदेश प्रहरीको विशेष टोलीले अत्याधुनिक हतियार एसएमजीसहित गोइत समूहका चतुर नारायण चौधरीलाई मंगलबार पक्राउ गरेको थियो । प्रदेश नम्बर २ प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालयले चलाएको संयुक्त अप्रेसनमा सिराहाकै धनगढीमाई नगरपालिका–११ का ४६ वर्षीय चतुर नारायण चौधरी पक्राउ परेका थिए । तराईका आपराधिक समूहका गतिबिधीलाई निष्कृय बनाउन डिआईजी पाल आफै खटिएका छन् ।

त्यस्तै, सरकारी कागज कीर्ते गरी अर्बौको जग्गा बिक्री गर्ने रत्न सागर मन्दिरका महन्थ बैकुण्ठ दास वैष्णवलाई डिआईजी पालकै पहलमा पक्राउ गरी मुद्दा चलाइएको थियो भने जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
अहिले प्रहरीले प्रदेश १, २ ३ र ५ मा गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो । बाँकेको कोलपुरमा असईमा भर्ना हुन आएका दिपक सिंहको हत्या गरेर फरार रहेका २१ वर्षिय युवराज गिरीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरकाका प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी० रमेशबहादुर सिंहको टोलीले केही दिन अगाडि गोली प्रहार गरी पक्राउ गरेको थियो ।

रुपन्देहीमा पनि प्रहरीको जवाफी कारवाहीमा अर्का मोस्ट वान्टेड केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । मोटरसाइकलमा रहेका सहनीले प्रहरीमाथि नै गोली हानेपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको थियो ।
अपहरण, हत्यालगायत विभिन्न अपराधमा संलग्न उनी २०६६ मा उनी कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए । जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध रही सहनी रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत विभिन्न जिल्लाका व्यापारी धम्क्याएर चन्दा असुली गर्दै आएका व्यक्ति हुन् ।