• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

प्रचण्ड परिवारमा पनि फ्लु , सजग रहन चिकित्सकको सुझाव



काठमाडौँ । इन्फ्लुएन्जा (फ्लू) भाइरसका कारण दुई महिनाका बीचमा बिरामीको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै मानिसमा ए, बी र सी टाइपको फ्लुको संक्रमण देखिएको हो ।
काठमाडौँका सरकारी र नीजि अस्पतालका अधिकांस आईसीयू कक्ष फ्लू र निमोनियाका बिरामीले भरिभराउ छन् ।

काठमाडौँको नर्भिक, केएमसी, कान्ती, सुमेरु, ओम, ग्राण्डी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकू लगायतका अस्पतालका आईसीयूमा बिरामी भर्ना भएका छन् । तर जुनसुकै बेला भेन्टिलेटरमा लानुपर्छ भन्दै केही अस्पतालले भेन्टीलेटर बुक गराएर त्यसको प्रयोग नै नगरी दिनको ८ हजारसम्म शुल्क लिएको बिरामीका आफन्तले बताएका छन् ।

यसबाट मर्नेको संख्या बढेपछि नियमित बिरामीको सम्पर्कमा रहने अधिकांस चिकित्सकले फ्लूबिरुद्धको खोप लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने फ्लुका कारण मृत्यु हुने एक जना बाहेक अन्यसंख्या दिएको छैन । तर यसैका कारण केही दिनअघि ओम अस्पतालमा काठमाडौ निवासी ४९ वर्षीया एकजना महिलाको मृत्यु भएको थियो । उक्त अस्पतालमा पनि फ्लुका बिरामीको चाप बढेको उपचारमा संलग्न चिकित्सकले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

भेन्टीलेटर प्रयोगै नगरी दैनिक हजारौँ असुली

यस्तै उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जान लागेका काठमाडौका २२ बर्षिय एक युवकको उपचारका क्रममा ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकूमा यसैसाता मृत्यु भएको थियो ।

यस संक्रमणबाट दीर्घरोगी, गर्भवती, ६५ बर्ष माथिका र ५ बर्ष मुनीका बच्चामा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् । तर जुनसुकै उमेरका व्यक्ति भए पनि रोगसँग लड्ने क्षमता कमी भएमा यसको भाइरस लाग्न सक्ने बताउँदै चिकित्सकहरू भन्छन्–उमेर समूह बिदेशीले तोकेको हो, नेपालको भूगोल, वातावारण, बसोबासको प्रकृति फरक हुने हुनाले यहाँको अवस्था बाहिरको जस्तो नहुन सक्छ ।

अहिले फैलिएको फ्लु परिवर्तित भएकाले यसको भाइरसले २४ देखि ४८ घण्टाभित्रै शरीरको जुनसुकै अंक फेल हुनसक्ने चिकित्सकको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २००९ मा स्वाइन फ्लुका नामले चिनिएको भाइरस ९एचवान एन वान० नै स्वाइनफ्लु अर्थात् (एच थ्री, एन टु) बी टाइपको रुपमा नेपालमा देखापरेको हो ।

विगतमा विश्व स्वास्थ्य संगठनले समेत फ्लुलाई (स्वाइनफ्लु) अर्थात एच वान एन वानको नामले चिनाउँदै आएको थियो । यथार्थमा यो जटिल खालको रुघाखोकी अर्थात् एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यस्ता रोगीले हाच्छिउ गर्दा, खोक्दा, हात मिलाउँदा र स्वासप्रश्वास गर्दा सर्छ ।

प्रचण्ड परिवारमा पनि फ्लु
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको परिवारलाई इन्फ्लुएन्जा (फ्लू)भाइरसले दुःख दिएको चिकित्सकहरूले बताएका छन् ।
यसबाट स्वयम् अध्यक्ष दाहाल, उहाँकी श्रीमती सीता दाहाल, दुई नाती, एकजना नातीनी र बुहारी खानेपानीमन्त्री बीना मगर संक्रमित भएको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।