७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

हिउँ परेपछिको चन्द्रागिरि…….

हिउँ परेपछिको चन्द्रागिरि…….
अ+ अ-

चन्द्रागिरि । उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो ।

नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो । दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक हिउँसँग खेलेर औधी मनोरञ्जन लिए ।

“यस्तै त होला नि स्वर्गझैँ अनुभूति भयो, चारैतिर सुन्दर दृश्य, क्षितिजमा देखिएको हिमशृङ्खला, सेताम्मे हिउँ अनि त्यही हिउँमा खेल्न पाउनु जीवनकै ऐतिहासिक क्षण बन्यो”, मैतीदेवी बस्दै आउनुभएका सिन्धुलीका जीवन दाहालले अनुभव सुनाए ।

उनिसँग गफिँदा साथीहरु निरज भट्टराई, विश्व थापा र आशिष पाल हिउँ छ्यापाछ्याप गरेर खेल्दै थिए । हरेक पाखापखेरा, थुम्को र डेउडीमा हिउँसँग रमाइरहेका युवाहरुको झुण्ड पनि देखिन्थ्यो ।

पटेलले भने, बिहानै हिउँ परेको हल्ला मच्चिएपछि हतार–हतारमा मोटरसाइकल निकालेर चन्द्रागिरि आइपुग्नुभएका भक्तपुर निवासी राकेश पटेलले बताउनुभयो । साथी कृष्ण रामसँग पहिलो चोटी चन्द्रागिरि टेक्नुभएका पटेललाई यहाँको सुन्दरताले मन्त्रमुग्ध बनायो । “सुन्दर दृश्य र हिमाल देख्यौँ, हामीले हिउँमा खेल्न पायौँ, यो भन्दा आनन्द अरु के हुनु”,।

काठमाडौँको दक्षिण–पश्चिममा पर्ने आन्तरिक पर्यटकको आकर्षणको केन्द्रविन्दु चन्द्रागिरिले केबलकार सञ्चालनमा आएपछि काँचुली फेरेको छ । प्रायः सार्वजनिक बिदा र शनिबारको दिनमा करीब दुई हजार पर्यटक यहाँ आउँछन् । हिउँ परेको समयमा दोब्बर पर्यटक पुग्ने गरेको अनुभव केबलकारका कर्मचारीले बताए ।

धार्मिक र ऐतिहासिक महत्व बोकोको यहाँ मङ्गलबार राति २ बजे पहिलो पटक र बुधबार बिहान ५ बजे दोस्रो पटक हिउँ परेको चन्द्रागिरि हिल्सका इलेक्ट्रिकल इञ्जिनीयर सुनिल शर्माले बताउनुभयो । उपत्यकावासीका लागि हिउँ परेपछिको आकर्षक गन्तव्यमध्ये चन्दागिरि, नगरकोट, फुल्चोकीलगायत बनेको छ । दुई हजार ५५१ मिटर उचाइमा रहेको यो ठाउँ पर्यटकका लागि सबैभन्दा सहज क्षेत्र मानिन्छ ।

धुलो, धुवाँ र उपत्यकाको कोलाहलबाट छुटकाराका लागि शान्त, रमणीय र स्वच्छ वातावरणले मोहित बनाउने चन्द्रागिरि दृश्यावलोकनका लागि पनि आकर्षक गन्तव्य हो । बालाजुबाट यहाँ आईपुगेका साहिल गौतमले हिमाललाई केन्द्रित गरेर तस्वीर लिए । उनले भने, “भ्यू राम्रो देखिने रहेछ, बसौँबसौँ लागिरहने, खेलौँखेलौँ लागिरहने ।”

पृथ्वीनारायण शाहले सबैभन्दा पहिले उपत्यकाको अवलोकन गरेको ठाउँ भएकाले यसको ऐतिहासिक महत्व छ । दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पृथ्वीको परिक्रमा गर्दा सतीदेवीको भला अर्थात् निधार पतन भएको स्वस्थानीमा उल्लेख भएको भालेश्वर महादेवको मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्व पनि बढेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यहाँबाट उत्तर र पूर्व क्षेत्रमा सुन्दर हिमाल देख्न सकिन्छ भने दक्षिणमा चित्लाङलगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । आकाश खुलेका बेला सिङ्गो उपत्यका नियाल्न सकिन्छ । उपत्यकावासीका लागि समय बिताउने थलो बनेको चन्द्रागिरिमा मन्दिर दर्शनसँगै भरपूर मनोरञ्जन पनि लिन सकिने ठाउँ छ ।

उनले भने, अघिल्लो पटक हिउँ पर्दा केबलकारको १९ गण्डौला (डिब्बा) सञ्चालनमा हुँदा पर्यटकको चाप धान्न मुस्किल परेकाले यसपटक भने थपेर ३८ पु¥याएकाले खासै समस्या नभएको सिभिल सवइञ्जिनीयर दीपेन्द्र ब्रविजेले बताउनुभयो । “अहिले हिउँले गर्दा आन्तरिक पर्यटकको चापाचाप छ, यो क्रम दुई÷तीन दिन रहन्छ”, ।

खानाका पारखीलाई विभिन्न परिकारका खानेकुरासँगै आवासको समेत सुविधा चन्द्रागिरिमा छ । बाल उद्यान, भ्यूटावर तथा आकर्षक संरचनाले महत्व थपेको छ । “यहाँ आइपुग्दा सबै दुःखपीडा भुलेको महसुस भयो”, ठमेलबाट हिउँ खेल्न आइपुग्नु भएका पर्यटन व्यवसायी रमेश सिलवालले भन्नुभयो । यहाँको दृश्य अनौठो र अन्य क्षेत्रको भन्दा फरक लाग्ने भएकाले पनि बेलाबेलामा पर्यटकसमेत लिएर आइपुग्ने गरेको र पर्यटकले समेत रमाइलो मानेको उनको भनाइ थियो ।

थानकोटबाट करीब १० मिनेटको केबलकार यात्रामा चन्द्रागिरि पुगिन्छ । काठमाडौँको उकुसमुकुस वातावरणबाट छुटकारा पाउने विकल्प रहेको यहाँबाट देखिने दृश्य क्यामरामा कैद गर्न तँछाडमछाड हुन्छ । अझै हिउँ परेको बेलामा मानिसको भीड थेग्न हम्मेहम्मे पर्छ । बुधबार वल्लो पाखाबाट पल्लो पाखामा हिउँ छ्यापाछ्याप गरेर मनोरञ्जन लिने युवा जमात प्रशस्तै देखिन्थ्यो ।

नागबेली परेका सडक अर्को आकर्षक थियो । क्षितिजमा देखिने हिमशृङ्खला र हरियालीसहितका सुन्दर टाकुराहरु साँच्चै स्वर्गको कल्पनामा रमाउन सकिने थियो । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि समेत उपयुक्त स्थान भएकाले चन्द्रागिरिले नलोभ्याउने कोही नहोलान् ।