७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

जुकरबर्गले ‘फेसबुक’ भन्दै नयाँ चुरोट उद्योग चलाईरहेका छन् !

जुकरबर्गले ‘फेसबुक’ भन्दै नयाँ चुरोट उद्योग चलाईरहेका छन् !
अ+ अ-

डावोस । विश्व आर्थिक मञ्चको समापन समारोहमा गत वर्ष अमेरिकी खर्बपति एवं प्रविधि व्यवसायी मार्क बेनिअफले फेसबुकप्रति खरो टिप्पणी गरेका थिए ।

उनले मार्क जुकरबर्गको सामाजिक सञ्जाललाई चुरोट उद्योग नियमन गर्ने अमेरिकी कानुनकै दायरामा ल्याउनुपर्ने बताएका थिए । यो कुरा उनी अझै दोहोर्‍याइरहेका छन् । गत नोभेम्बरमा उनले भनेका थिए, ‘फेसबुक नयाँ चुरोट हो । यो नशालु छ । यो हाम्रा लागि राम्रो चिज होइन ।’

उनका टिप्पणीपछि फेसबुकको छवि थप बिग्रियो, जब यसलाई प्रजातान्त्रिक हस्तक्षेपका लागि महत्त्वपूर्ण हतियारका रूपमा प्रयोग गरियो । यो डेटा स्क्यान्डलको विवादमा पनि पर्‍यो । बेनिअफले प्रजातन्त्रका लागि फेसबुक चुरोट जत्तिकै हानिकरक भएकाले यसबारे कदम चाल्न आवश्यक रहेको बताएका छन् । बालबालिकालाई इन्टरनेटको विकृतिबाट बचाउन आवाज उठाउँदै आएको ‘कमन सेन्स मिडिया’ का संस्थापक जिम स्टेयर पनि बेनिअफकै पक्षमा उभिएका छन् ।

‘सामाजिक सञ्जालले व्यसन र विकर्षणजस्ता अनेक समस्या सिर्जना गर्छ,’ बेनिअफले बिजनेस इन्साइडर अनलाइनलाई भनेका छन्, ‘फेसबुक र अन्यले हाम्रा प्रजातान्त्रिक संगठनमाथि पनि धावा बोलिरहेका छन् ।’
फेसबुकका सुरुवाती लगानीकर्ता एवं जुकरबर्गका पूर्वगुरुसमेत रहेका रोजर म्याकनेमले समेत सामाजिक सञ्जाललाई खैनी–चुरोटको संज्ञा दिएका छन् ।

‘बेनिअफले यसलाई सार्वजनिक स्वास्थको दृष्टिले हेर्न खोजेका छन्,’ रोजर भन्छन्, ‘त्यसमा मेरो विचार उनीसँग हुबहु मिल्छ ।’ फेसबुकले प्रयोगकर्ताको ध्यान खिच्न अनेक प्रोत्साहनहरू दिँदै आएको छ । यसलाई रोजरले ‘प्रयोगकर्ताको भावनामाथि नमिठो प्रहार’ भन्न रुचाएका छन् ।

प्रविधिको नियमनका लागि पर्याप्त उपाय भएको बेनिअफको धारणा छ । सामाजिक सञ्जालहरूले प्रयोगकर्ताको इच्छाबमोजिम काम गर्दै तिनका विचार सुरक्षित राख्छन् भन्नु वा उनीहरूले स्वनियमनको नीति अवलम्बन गर्छन् ठान्नु मुर्खता भएको उनले बताएका छन् । ‘फेसबुक, गुगल र अमाजनजस्ता कम्पनीको शक्ति नियन्त्रण गरिनुपर्छ,’ उनले भनेका छन्, ‘तिनलाई आरोप–प्रत्यारोप गर्नबाट रोक लगाउनुपर्छ । तिनले आफ्ना सहायक कम्पनीसँग डाटा सेयर गर्न नपाउने नियम हुनुपर्छ ।’

सहायक कम्पनीसँगको सम्बन्ध विच्छेदले सामाजिक सञ्जाललाई सभ्य बनाउन मद्दत पुग्ने विज्ञहरूको धारणा छ । यसो गर्दा विश्व अर्थतन्त्रलाई पनि सहयोग पुग्ने अडकल गरिएको छ । ‘फेसबुक र इन्स्टाग्रामको ब्रेकअप खराब उपाय होइन,’ रोजरले भनेका छन्, ‘उनीहरूलाई आफ्नो प्रमुख उद्देश्यमा केन्द्रित गराऊ न ।’ यसबारे प्रतिक्रिया दिन फेसबुकले आनाकानी गरेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । तथापि उसले तथ्यांक सुरक्षामाथि अभिव्यक्ति दिएको छ ।

आफूहरू नियमनमा बस्न तयार रहेको र सुधारका लागि तत्पर रहेको फेसबुककी मुख्य कार्यकारी अधिकारी सेरिल स्यान्डबर्गले बताएकी छन् । ‘हामीले आफ्नो भूल स्विकारेका छौं,’ उनलेभनेकी छन्, ‘प्रयोगकर्ताको डेटा सुरक्षित राख्न चाहन्छौं । यसप्रति गम्भीर छौं ।’ एजेन्सी