• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण

दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमाको अभिभावक !



जाजरकोट । आमा, बुबाको मृत्युपछि यहाँको बारेकोट गाउँपालिका–९ सक्ला खारीगाउँका दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमा सरिता खड्काको अभिभावक बनेका छन् । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट–९ खारीगाउँका १२ वर्षीय कमल खड्का र आठ वर्षीय हरिश खड्का दाजुभाइ हजुरआमाको अभिभावक भएका हुन्  । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा र हरिश २ कक्षामा पढ्दै थिए । गत वर्ष आमा देवी र मङ्सिरमा बुबा रणबहादुरको मृत्यु भएपछि उनीहरू दुवै टुहुरा बनेका हुन् ।

बुबाआमाको मृत्युपछि कमल र हरिशको पढाइ पनि अलपत्र परेको छ । घरपरिवारमा सहारा दिने कोही नभएपछि अहिले कमल र हरिश गोठाला बन्न बाध्य छन् । त्यसैमा उनीहरूको अर्को बोझ थपिएको छ– आँखा नदेख्ने ७५ वर्षीया हजुरआमाको स्याहारसुसार । उनीहरू पढ्न, लेख्न, बुद्धि विकास, सुरक्षा, स्वास्थ्य उपचारलगायत हकअधिकारबाट वञ्चित छन् ।

उनीहरूले दृष्टिविहीन हजुरआमाको स्याहारसुसार गर्ने जिम्मेवारी वहन पनि गर्दै आएका छन् । आमाबुबाको मृत्युपछि घरव्यवहार धान्ने र हजुरआमाको स्याहारसुसार तथा हेरचाह गर्ने कोही नहुँदा पढाइबाट वञ्चित भएको कमलले बताए । “हजुरआमा आँखा देख्नुहुन्न, उहाँलाई बोकेर भित्र बाहिर गर्नुपर्छ”, उनले भने, “हात धुने र खाना खुवाइदिने गर्नुपर्छ, हजुरआमाको हेरचाह र गाईवस्तुको गोठाला गर्दैमा हैरान भएको छु ।”

विगतमा एकैसाथ पढ्न जाने गरेका साथीहरू लर्को लागेर विद्यालय गएको देख्दा मन खिन्न हुने गरेको दाजुभाइको गुनासो छ । “माध्यमिकस्तरको पढाइ पूरा गर्ने सोच थियो”, कमलले भने, “त्यो पनि पूरा नहुने भयो ।” सानो भाइलाई हजुरआमाको हेरचाह गर्न भन्दै आफू विगतमा बुबाआमाले पाल्दै आएका पाँच गाईको गोठाला लाग्न जाने गरेको उनले बताए ।

भाइ र आफूलाई स्कूल गएर पढ्ने खर्च जुटाउन कठिन भएको उनको भनाइ छ । घरमा आँखा नदेख्ने वृद्ध हजुरआमाबाहेक अरू अभिभावक नहुँदा समस्या भएको उनले जनाए । बाल्यकालमै आमाबुबा गुमाएका कमल र हरिश दृष्टिविहीन हजुरआमाको जीवन सहारा बनेको स्थानीय ध्रुव आचार्यले बताउनुभयो । पढाइबाट वञ्चित हुँदा विपन्न परिवारका कमल र हरिशको भविष्य अन्योलपूर्ण भएको गौतमको भनाइ छ ।

“सबै साथी पढ्न जान्छन्, हामी भने हजुरआमा र गाईगोरु हेर्न अनि घाँस काट्न बाध्य छौँ”, हरिशले आँसु चुहाउँदै भने, “पढ्न मन कसलाई पो हुँदैन र रु तर के गर्नु हाम्रो कोही छैन, कसरी पढ्नु ।” खड्का दाजुभाइलाई अहिले घरमा आँखा नदेख्ने हजुरआमाको स्याहार र घरको काम नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।