३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमाको अभिभावक !

दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमाको अभिभावक !
अ+ अ-

जाजरकोट । आमा, बुबाको मृत्युपछि यहाँको बारेकोट गाउँपालिका–९ सक्ला खारीगाउँका दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमा सरिता खड्काको अभिभावक बनेका छन् । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट–९ खारीगाउँका १२ वर्षीय कमल खड्का र आठ वर्षीय हरिश खड्का दाजुभाइ हजुरआमाको अभिभावक भएका हुन्  । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा र हरिश २ कक्षामा पढ्दै थिए । गत वर्ष आमा देवी र मङ्सिरमा बुबा रणबहादुरको मृत्यु भएपछि उनीहरू दुवै टुहुरा बनेका हुन् ।

बुबाआमाको मृत्युपछि कमल र हरिशको पढाइ पनि अलपत्र परेको छ । घरपरिवारमा सहारा दिने कोही नभएपछि अहिले कमल र हरिश गोठाला बन्न बाध्य छन् । त्यसैमा उनीहरूको अर्को बोझ थपिएको छ– आँखा नदेख्ने ७५ वर्षीया हजुरआमाको स्याहारसुसार । उनीहरू पढ्न, लेख्न, बुद्धि विकास, सुरक्षा, स्वास्थ्य उपचारलगायत हकअधिकारबाट वञ्चित छन् ।

उनीहरूले दृष्टिविहीन हजुरआमाको स्याहारसुसार गर्ने जिम्मेवारी वहन पनि गर्दै आएका छन् । आमाबुबाको मृत्युपछि घरव्यवहार धान्ने र हजुरआमाको स्याहारसुसार तथा हेरचाह गर्ने कोही नहुँदा पढाइबाट वञ्चित भएको कमलले बताए । “हजुरआमा आँखा देख्नुहुन्न, उहाँलाई बोकेर भित्र बाहिर गर्नुपर्छ”, उनले भने, “हात धुने र खाना खुवाइदिने गर्नुपर्छ, हजुरआमाको हेरचाह र गाईवस्तुको गोठाला गर्दैमा हैरान भएको छु ।”

विगतमा एकैसाथ पढ्न जाने गरेका साथीहरू लर्को लागेर विद्यालय गएको देख्दा मन खिन्न हुने गरेको दाजुभाइको गुनासो छ । “माध्यमिकस्तरको पढाइ पूरा गर्ने सोच थियो”, कमलले भने, “त्यो पनि पूरा नहुने भयो ।” सानो भाइलाई हजुरआमाको हेरचाह गर्न भन्दै आफू विगतमा बुबाआमाले पाल्दै आएका पाँच गाईको गोठाला लाग्न जाने गरेको उनले बताए ।

भाइ र आफूलाई स्कूल गएर पढ्ने खर्च जुटाउन कठिन भएको उनको भनाइ छ । घरमा आँखा नदेख्ने वृद्ध हजुरआमाबाहेक अरू अभिभावक नहुँदा समस्या भएको उनले जनाए । बाल्यकालमै आमाबुबा गुमाएका कमल र हरिश दृष्टिविहीन हजुरआमाको जीवन सहारा बनेको स्थानीय ध्रुव आचार्यले बताउनुभयो । पढाइबाट वञ्चित हुँदा विपन्न परिवारका कमल र हरिशको भविष्य अन्योलपूर्ण भएको गौतमको भनाइ छ ।

“सबै साथी पढ्न जान्छन्, हामी भने हजुरआमा र गाईगोरु हेर्न अनि घाँस काट्न बाध्य छौँ”, हरिशले आँसु चुहाउँदै भने, “पढ्न मन कसलाई पो हुँदैन र रु तर के गर्नु हाम्रो कोही छैन, कसरी पढ्नु ।” खड्का दाजुभाइलाई अहिले घरमा आँखा नदेख्ने हजुरआमाको स्याहार र घरको काम नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।