काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंले प्रदर्शनका क्रममा आफैंले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए ।
उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी गरेको स्रोत बताउँछ ।
प्रसाईंलाई आज नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।
भारतबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको छ ।










