१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव
अ अ+ अ-

काठमाडौँ । सामान्य अपराधमा व्यवसायीलाई जेल पठाउँदा आर्थिक बिस्तारमा ठूलो असर परेको भन्दै त्यसो नगर्न सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिएको छ ।

पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उक्त आयोगले शुक्रवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आफ्नो पूर्ण प्रतिवेदन बुझाउँदै आर्थिक गतिविधि रोकिने खालका कुनैपनि गतिविधि नगर्न सरकारलाई भनेको हो । आयोगका अध्यक्ष रामेश्वर खनालले सामान्य अपराधमा व्यवसायीलाई थुन्ने, जेल पठाउँदा उद्योगका साथै सिंगो अर्थतन्त्रमा असर परेको बताउँदै त्यसो नगर्न आोगले सुझाव दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘मुलुभुत रुपमा सरकारले सहजकारी भुमिका खेल्नुपर्छ । नियन्त्रण धेरै भयो भने आर्थिक बिस्तार धेरै हुँदैन । व्यवसायीक स्वतन्त्रता, आर्थिक स्वतन्त्रतालाई सरकारले निर्वाध रुपमा दिनुपर्छ । नियन्त्रणलाई सरकारले कम गरेर जानुपर्छ । त्यो गर्ने सिलसिलामा कतिपय कानूनहरु नियन्त्रणमुखी भएका कारण सामान्य अपराधमा पनि जेलै पठाउने, व्यवसाय नै बन्द गर्ने यस्ता कामहरुले आर्थिक गतिविधिहरु बिस्तार हुन सक्दैन । त्यस्ता कानूनहरु खारेज गर्न सिफारिस गरेका छौं । कतिपय कानूनहरु नयाँ तर्जुमा गर्नुपछ । अहिले भएका नीतिहरुमा जुन किसिमको समस्या छ । त्यसलाई सुधार गर्नुपर्छ । प्रत्येक क्षेत्रगत हिसाबले हामी सुझाव दिएका छौं ।’

खनालकाअनुसार अर्थशास्त्रीय भाषामा अहिले अर्थतन्त्रमा देखिएको समस्या भनेको समष्टिगत माग कमजोर भएर गएर हो । मान्छेको खर्च गर्ने क्षमता कमजोर भएर गयो । व्यवसायीहरुले पनि लगानी गर्न खोजेनन् । लगानीका लागि पनि माग कमजोर भएर गयो । माग पक्ष कमजोर भएका कारण अर्थतन्त्र सुस्त भएर गयो भन्ने रहेको तर यथार्थ सबै अवस्थाको विश्लेषण गर्दा आयोगले समस्या माग पक्षबाट मात्रै नभई आपूर्ति पक्षबाट पनि रहेको देखिएको खनालले बताउनु भयो । खनालका अनुसार अहिले हाम्रो उत्पादन क्षमतामा सुधार हुन सकको छैन । त्यसमा थ्रुपै अबरोधहरु छन् । जमीन, वन, कृषि, उर्जा, पर्यटन, आईसिटी जुन आर्थिक वृद्धिदरका क्षेत्रहरु छन् त्यहाँ रहेको अवरोधका कारण अर्थतन्त्र सुस्त भएको हो ।

आयोगले मागपक्षीय नीतिहरु र आपूर्ति पक्षीय नीतिहरु पनि सुधार गर्न सरकारलाई भनेको छ । सार्वजनिक वित्तको क्षेत्रमा डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगका सुझावहरु अहिले पनि कार्यान्वयन भएका छैनन् त्यहाँ औंल्याइएका मुद्दाहरुलाई समेत सम्बोधन गर्न सरकारलाई रामेश्वर खनाल नेतृत्वको आयोगले भनेको छ भने विद्याधर मल्लिकको नेतृत्वमा बनेको उच्चस्तरीय कर प्रणाली सुधार समितिले कर पक्षको नीतिगत र प्रशासनिक पक्ष दुवैमा सुधारका लागि दिएका सुझावहरु कार्यान्वयन गर्न भनेको छ ।
आयोगले अब खुल्ला दृष्टिकोण लिएर हिड्न समेत सरकारलाई भनेको छ । अन्तर्राष्ट्रिय हिसावले लाभ लिनका लागि अहिलेसम्म नगरेका कतिपय कामहरु समेत गर्न समेत भनेको छ ।

चालु खर्च बढी भएको त्यसलाई राजश्वको सीमाभित्र राख्नुपर्ने, राजश्व वचत कायम गर्नुपर्ने, वित्तीय अनुशासन कायम गर्नुपर्ने, अहिले भइरहेका आयोजनाहरु यदी ५ वर्षभित्र सम्पन्न हुन सक्दैनन् भने ति सबैलाई थाँति राखेर ५ वर्षमै सम्पन्न हुने आयोजनामात्रै सरकारले अघि बढाउनुुपर्ने, बजेटको आकार ठूलो वा सानोमा ख्याल नगर्न आयोगले सरकारलाई भनेको छ ।

खासगरी आर्थिकसँग सम्बन्धित कार्यालयहरु खारेज गर्न आयोगले सरकारलाई सुझाव दिएको खनालले जानकारी दिनुभयो ।