१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिनायकवादी शैलीमा विधेयक पारित भयो, अब आन्दाेलन गर्छाैं : देउवा



अ+ अ-

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेकाे बताएका छन्। प्रमुख प्रतिपक्षी नेता समेत रहेका उनले सरकारकाे याे शैलीका विरूद्व अब देशव्यापी रूपमा अन्दाेलन गर्ने पनि बताएका छन् ।

देउवाले ओली सरकारकाे काम गर्ने शैली नै अधिनायकवादी भएकाे अराेप लगाए । विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप उनले लगाए।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दु:ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने।

उनले अब देशव्यापी रूपमा कांग्रेसले विराेध गनर्गे बताए । सडक र सदनमा अब हामी संङर्ष गर्ने उनले बताए।

यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए।

उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।