१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिनायकवादी शैलीमा विधेयक पारित भयो, अब आन्दाेलन गर्छाैं : देउवा



अ+ अ-

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेकाे बताएका छन्। प्रमुख प्रतिपक्षी नेता समेत रहेका उनले सरकारकाे याे शैलीका विरूद्व अब देशव्यापी रूपमा अन्दाेलन गर्ने पनि बताएका छन् ।

देउवाले ओली सरकारकाे काम गर्ने शैली नै अधिनायकवादी भएकाे अराेप लगाए । विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप उनले लगाए।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दु:ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने।

उनले अब देशव्यापी रूपमा कांग्रेसले विराेध गनर्गे बताए । सडक र सदनमा अब हामी संङर्ष गर्ने उनले बताए।

यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए।

उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।