२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसवाट बिजयी मेयरको कमाल ! आफ्नो तलबको अक्षयकोष



अ+ अ-

पर्वत । आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरि अर्को सराहनीय काम गर्नुभएको छ ।
उहाँले जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महीना बराबरको तलब रु ७० हजारबाट अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयको ५७औँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक अक्षयकोष स्थापना गरेर रकम सहयोग गर्नुभएको हो । उहाँले यसअघि नगरपालिकाभित्रका विपन्न, असहाय विद्यार्थीको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीलाई उपचारलगायतका कार्यमा सहयोग गर्दै आउनुभएको थियो ।
आफु निर्वाचित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफूले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले कुश्मालाई नेपालकै नमूना नगरपालिकाको रुपमा विकास गर्न थालिएको बताउँदै अब नगरका सवै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताउनुभयो ।