२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसवाट बिजयी मेयरको कमाल ! आफ्नो तलबको अक्षयकोष



अ+ अ-

पर्वत । आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरि अर्को सराहनीय काम गर्नुभएको छ ।
उहाँले जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महीना बराबरको तलब रु ७० हजारबाट अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयको ५७औँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक अक्षयकोष स्थापना गरेर रकम सहयोग गर्नुभएको हो । उहाँले यसअघि नगरपालिकाभित्रका विपन्न, असहाय विद्यार्थीको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीलाई उपचारलगायतका कार्यमा सहयोग गर्दै आउनुभएको थियो ।
आफु निर्वाचित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफूले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले कुश्मालाई नेपालकै नमूना नगरपालिकाको रुपमा विकास गर्न थालिएको बताउँदै अब नगरका सवै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताउनुभयो ।




भर्खरै