६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरू अान्दाेलनमा उत्रने चेतावनी



अ+ अ-

काठमाडाैंः नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न जस्तोसुकै अप्रिय कदम उठाउन सक्ने चेतावनी दिएको छ ।

सरकारले ७२ घण्टे अल्टिमेटम बेवास्ता गरेको जनाउँदै अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालमा इमर्जेन्सीबाहेक सेवा बन्द गर्न बाध्य हुने अवस्था आएको बताएका हुन् । अल्टिमेटम आइतबार सकिँदैछ । ‘आइतबार बृहत् सभाले आन्दोलनको स्वरूप तय गर्नेछ,’ उनले भने ।
आन्दोलन स्वास्थ्य संस्था ठप्प पार्नेसम्मको हुन सक्ने उनले बताए । यसैबीच त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आकस्मिक बाहेकका सेवामा सरिक हुन छाडेका छन् । उनीहरूले शुक्रबारदेखि सेवा बहिष्कार गरेका हुन् ।